तपाईँ सुन्दै हुनुहुन्छः

तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुमा आयोगको भूमिका प्रशंसनीय: अर्थमन्त्री खनाल 

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पारेकोमा आयोगलाई बधाई साथै शुभकामना दिनुभएको छ ।

निर्वाचन आयोगमा आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग कुराकानी गर्नुहुँदै अर्थमन्त्री खनालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुनुमा आयोगको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

तोकिएको मितिमा निर्वाचन हुन सक्दैन निर्वाचन हुन्छ र?भन्ने धेरै मानिसको अन्योलता र आशङ्कालाई चिर्दै निर्वाचन आयोगले निर्वाचनको मिति तय भए लगत्तै कार्यतालिका बनाई सोही कार्यतालिका बमोजिम दृढताका साथ काम गरेकाले निर्वाचन सफल भएको अर्थमन्त्री खनालले उल्लेख गर्नुभयो ।

अर्थमन्त्री खनालले यो निर्वाचन देशमा सुशासन कायम गर्दै लोकतन्त्र स्थापित गर्नको लागि पनि आवश्यक थियो भन्नुभयो ।

अघिल्ला निर्वाचनको तुलनामा यस ,पटकको निर्वाचन अझ व्यवस्थित,मर्यादित,शान्तिपूर्वक रुपमा सम्पन्न भएको समेत अर्थमन्त्री खनालले बताउनुभयो ।

यसपटकको निर्वाचनमा उम्मेदवारबिच पनि कुनै किसिमको मनमुटाब नभई मित्रवत् व्यवहार देखिएको बताउँदै उहाँले निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा भएकामा खुसी व्यक्त गर्नुभयो ।

साथै यो सबै सफलताको साख निर्वाचन आयोग र वर्तमान नेतृत्वले पाउने उहाँले बताउनुभयो ।

गत भदौ २३ र २४ गतेको घटनापछि जाँचबुझ गर्न बनेको आयोगले आज बुझाएको प्रतिवेदनका सम्बन्धमा अर्थमन्त्री खनालले उक्त प्रतिवेदनलाई मन्त्रिपरिषद्मा लगेर छलफल गरिने र छलफल पछि मात्र अगाडि बढ्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button