सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी
सल्यान । सल्यानमा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल निर्वाचित हुनु भएको छ । उहाँले २३ हजार १ सय ८९मत प्राप्त गरी निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दि राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्दले २०,९०४ मत प्राप्त गर्नु भएको छ । चन्दलाई मल्लले २ हजार २ सय ८५ मतान्तरले पराजित गर्नु भएको हो ।
यस्तै नेपाली कांग्रेसका केश बहादुर विष्ट १७,५५८ नेकपा एमालेका गुलाब जंग शाहले १५३७३र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिषा नेपालीले ९०२ मत प्राप्त गर्नु भएको छ ।
१ लाख ६२ हजार ४४९ मतदाता रहेको सल्यानमा ८३ हजार १ सय ६७ मत खसेको थियो । जसमा ३ हजार ४५८ मत बदर भएको थियो । ७९ हजार ४४९ मत मात्र सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्