रुपन्देहीका पाँचै क्षेत्रमा रास्वपाको क्लिनसीप
रुपन्देही । रुपन्देहीका पाँच निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र नं १ २,३,४ र ५ मा गणना भएर विजयी घोषणा गरिसकिएको छ ।
क्षेत्र नं १ मा रास्वपाका महामन्त्री रहनुभएका सुनिल लम्सालले ५४८४५ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिराबहादुर खत्रीको ११९८२ मत रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्जवल बोहराको ८३०१, एमालेका दधिराम न्यौपानेको ७४८८ र नेकपाका घनश्याम यादवको २१९८ मत रहेको छ ।
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गर्दै विजय हासिल गर्नुभयो । खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दा पौडेलले १२ हजार ८६१ मत मात्र पाउनुभयो । नेपाली कांग्रेसका चुन्न पौडेलले नौ हजार ३९२ मत प्राप्त गर्नुभयो ।
रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित हुनुभयो । उहाँले नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले पराजित गर्नुभयो । थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दा गुरुङले आठ हजार ४३५ मत ल्याउनुभयो । एमालेका वासुदेव घिमिरेले आठ हजार २७८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै रुपन्देही–४ बाट रास्वपाका कन्हैया बनियाँ निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका प्रमोदकुमार यादवलाई पराजित गर्नुभयो । बनियाँले २८ हजार ६६ मत प्राप्त गर्दा यादवले २० हजार २६२ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गर्नुभयो ।
रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खान ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । खानले नेकपा एमालेका नेता खिमलाल भट्टराई, नेपाली कांग्रेसका नेता भरतकुमार शाह, नेपाल कम्युनिष्ट पार्टीका मुहम्मद वकील मुसलमान लगायतलाई पराजित गर्नुभएको हो । भट्टराईले १३ हजार १००, शाहले १२ हजार ६२४, मुसलमानले ६ हजार १७६ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्