तपाईँ सुन्दै हुनुहुन्छः

६६ स्थानको मत घोषणा हुँदा रास्वपा ५३ स्थानमा विजयी 

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ५३ क्षेत्रमा जित हासिल गरेको छ ।

दिउसो ४ः४५ बजेसम्मको परिणामअनुसार रास्वपाले ५३ निर्वाचन क्षेत्रमा जित हासिल गर्दै ६७ क्षेत्रमा अग्रता हासिल गरिरहेको छ । 

त्यस्तै समानुपातिकतर्फ ३ लाख ८३ हजार ९ सय ८६ मत गन्दा रास्वपाले २ लाख ५ हजार ६ सय ९ मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली काँग्रेसले ९ ठाउँमा जित हासिल गर्दै ८ ठाउँमा अग्रता लिएको निर्वाचन आयोगले जनाएको छ भने समानुपातिकतर्फ ६० हजार४ सय४५ मत प्राप्त गरेको छ ।

यसैगरी नेकपा एमालेले २ स्थानबाट जित हासिल गर्दै १० स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ ५१ हजार ४ सय २३ मत प्राप्त गरेको छ ।

साथै नेपाली कम्युनिष्ट पार्टीले २ स्थानमा जित हासिल गर्दै ६ स्थानमा अग्रता लिएको छ भने समानुपातिकतर्फ २१ हजार ६ सय ५९ मत प्राप्त गरेको छ । 

त्यस्तै स्वतन्त्रबाट महावीर पुनले म्याग्दीबाट जित हासिल गर्नुभएको छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिनुभएको छ ।

श्रम संस्कृति पार्टीले हालसम्म ३ स्थानबाट अग्रता लिनुका साथै समानुपातिक तर्फ ८ हजार ५ सय ५ मत प्राप्त गरेको छ भने राप्रपाले १ स्थानबाट अग्रता लिनुका साथै समानुपातिक तर्फ १४ हजार ३ सय ९६ मत प्राप्त गरेको  छ भने समानुपातिक तर्फ १६ हजार ९ सय २७ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

अपराह्न पौने ५ बजे सम्ममा ६४ स्थानको मत घोषणा भएको निर्वाचन आयोगले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button