बैतडीमा रास्वपाका हरिमोहन भण्डारीको अग्रता कायमै
बैतडी। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारीले अग्रता कायमै राखेका छन् ।
४ हजार ४सय ५ मत गणना हुँदा १ हजार ४ सय ५१ मतसहित भण्डारीले अग्रता लिएका छन् । १ हजार ३ सय ११ मतसहित नेपाली कांग्रेसका चतुर बहादुर चन्दले उनलाई पछ्याइरहेका छन् । एमालेका दामोदर भण्डारीले १ हजार १ सय ५४ मत ल्याएका छन् भने नेकपाका परमानन्द भट्टले ८ सय २३ मत ल्याएका छन् । राप्रपाका भुपेनबहादुर चन्दले ७६ मत ल्याएका छन् ।
बैतडीमा दिउँसो १ बजेदेखि मतगणना शुरु भएको हो । जिल्ला भरी ७३ हजार १४८ मत खसेको थियो ।








प्रतिक्रिया राख्नुहोस्