तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ ४ मा रास्वपाका बमको अग्रता

काठमाडौँ । पछिल्लो मतगणना परिणाम अनुसार काठमाडौँ क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरेको छ । 

जस अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १५ हजार ७ सय ३ मतका साथ अग्रता लिइरहनुभएको छ । 

त्यसैगरी नेपाली काँग्रेसका सचिन तिमल्सेनाले ४ हजार ८ सय ४२ मत प्राप्त गर्नु भएको छ भने नेकपा एमालेका डा. राजन भट्टराईले ४ हजार २ सय ६९ मत प्राप्त गर्नुभएको छ ।  

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका इन्द्रकुमार भुषालले ४ सय ५१ मत पाउनुभएको छ । राप्रपाका सुरेन्द्रराज भण्डारीले ७ सय ४० मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका बरुण अमात्यले ५ सय ७८ मत प्राप्त गर्नुभएको छ । 

काठमाडौँ क्षेत्र नम्बर ४ मा कुल मतदाता संख्या ७६ हजार १ सय ४१ रहेकोमा ५० हजार २ सय ३९ मत खसेको थियो । त्यसमध्ये २८ हजार ८८ मत गणना सकिएको छ । यस क्षेत्रका ८८ मतदान केन्द्र मध्ये हालसम्म १३ मतदान केन्द्रको मतगणना सकिएको छ ।

पछिल्लो गणना अनुसार २७ हजार ३ सय ४१ मत सदर र ७४७ मत बदर भएको निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button