उदयपुर २ मा माटोको अग्रता
उदयपुर । उदयपुरको क्षेत्र नं. २ मा श्रम संस्कृति पार्टीका उम्मेदवारले अग्रता लिनुभएको छ ।
पछिल्लो मत परिणामअनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार बलराज राईले ४८९ मतसहित अग्रस्थान कायम गर्नु भएको हो । उहाँले मतगणना सुरु हुँदैदेखि अग्रता कायम गर्नु भएको हो ।
उदयपुरमा क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार सुरेश राइले २८८ मत प्राप्त गर्नुभएको छ ।
त्यसै गरी एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले २३९ मत ल्याउँदा नेपाली कांग्रेसका रामकुमार राईले १२३ र रास्वपाका सूर्यबहादुर तामाङले ६३ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्