इलाम–१ का सबै मतपेटिका मतगणना स्थलमा आइपुगे

इलाम। इलाम क्षेत्र न-१ अन्तर्गतका सबै मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका मतगणना स्थलमा आइपुगेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान सम्पन्न भएपछि सबै मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा संकलन गरी मतगणना स्थलमा ल्याउने कार्य पूरा गरिएको हो । हाल मतपेटिका बुझ्ने तथा आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ ।
सबै मतपेटिका बुझ्ने कार्य सम्पन्न भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्