बबईको एक मतदान केन्द्रमा शून्य मत
दाङ। दाङको बबई गाउँपालिका–७ तल्लो मलईस्थित देउती मावि मतदान केन्द्रमा एक पनि मत खसेन। स्थानीयले मतदान नगरेपछि उक्त केन्द्रको मतपेटिका रित्तै फर्काइएको हो।

निर्वाचन प्रक्रियाका लागि कर्मचारी र सुरक्षाकर्मी खटाइए पनि स्थानीय मतदाता मतदानमा सहभागी भएनन्। बबई–७ तल्लो मलईमा निर्वाचन गराउन कर्मचारी तयार रहे पनि स्थानीय सहभागी नभएको निर्वाचन अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयले जङ्गली जनावरको समस्या समाधान नभएको भन्दै मतदान बहिष्कार गर्ने अडान लिएका थिए।
रित्तै फर्किए मतपेटिका
स्थानीयले मतदान नगरेपछि निर्वाचन कर्मचारी र सुरक्षाकर्मीले मतपेटिका रित्तै फर्काएका छन्। बबई–७ तल्लो मलईमा ५३० मतदाता रहेका छन्।








प्रतिक्रिया राख्नुहोस्