बर्दियामा ६१ प्रतिशत मतदान
बर्दिया । प्रतिनिधि सभा निर्वाचनको क्रममा बर्दियामा करिब ६१ प्रतिशत मतदान भएको छ ।
कुल मतदाता मध्ये बर्दिया जिल्लामा करिब ६१ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । बर्दिया जिल्ला भरीबाट एक लाख ९७ हजार एक सय ९९ जनाले मतदान गरेका छन् ।
निर्वाचन क्षेत्र नं १ मा एक लाख दुई हजार आठ सय ३६ जनाले मतदान गरेका छन् । त्यसैगरी क्षेत्र नं २ ९४ हजार तीन सय ६३ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
बर्दिया जिल्लामा तीन लाख २३ हजार दुई सय ६६ जना मतदाता रहेका छन् । बर्दिया जिल्ला भरी एक सय ५४ वटा मतदान स्थलमा तीन सय ८७ वटा मतदान केन्द्र रहेका छन् भने जिल्ला भरी दुई स्थानमा अस्थायी मतदान केन्द्र रहेका छन् ।
निर्वाचन क्षेत्रबाट मतपेटिका सङ्कलन गर्ने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताउनुभयो । मतपेटिका सङ्कलन भइसकेपछि सर्वदलीय बैठक बसेर आज राती देखि वा भोली बिहान देखि मतगणना गर्ने भन्ने निर्णय हुने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्