तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा ५३ प्रतिशत मत खस्यो 

धनगढी । कैलालीमा ५३ प्रतिशत खसेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा गरि २ लाख ८९  हजार  ४२ मत (५३ प्रतिशत) खसेको छ । 

जसमा निर्वाचन क्षेत्र न १ मा ५४  हजार ७७१ मत, क्षेत्र नं. २ मा ५६  हजार  ४७० मत, क्षेत्र नं. ३ मा ५६ हजार ८३ मत, क्षेत्र नं. ४ मा ५८ हजार ४४९ र क्षेत्र नं. ५ मा ६२ हजार ९६९ मत खसेको प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनुभयो । 

कुल मतदाता संख्या ५ लाख ५१ हजार ५२ रहेको कैलालीमा निर्वाचन क्षेत्र नं १ मा १ लाख ८ हजार ४९१, निर्वाचन क्षेत्र नं २ मा १ लाख ७ हजार ७५७, निर्वाचन क्षेत्र नं ३ मा १ लाख ९ हजार १२२, निर्वाचन क्षेत्र नं ४ मा १ लाख १५ हजार १४३ र निर्वाचन क्षेत्र नं ५ मा १ लाख १० हजार ५२९ मतदाता रहेका छन् । 

प्रतिनिधि सभातर्फ ५ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा दलीय र स्वतन्त्र गरि ७५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मतपेटिका ओसार्न शुरु

कैलालीमा मतपेटिका ओसार्न शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाले मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले मतदान स्थलबाट सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने कार्य भइरहेको जानकारी दिनुभयो । 

सबै मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसेर मतगणनाबारे निर्णयमा पुगिने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button