इलाममा ५७ प्रतिशत मत खस्यो
इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाममा ५७ प्रतिशत मतदान भएको छ।
इलाम क्षेत्र नं. १ मा ६४ हजार १ सय ४ मत क्षेत्र नंं. २ मा ६६ हजार ९ सय ३४ मत खसेको छ । यहाँ कुल मतदाताको ५७ प्रतिशत मत खसेको छ ।
इलाममा २ लाख ३१ हजार ८ सय ९ मतदाता रहेकोमा १ लाख ३१ हजार ३९ मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाताहरूको उत्साहजनक सहभागिता देखिएको छ।
जिल्लाका सबै मतदान केन्द्रहरूमा बिहान ७ः०० बजेदेखि नै मतदान शान्तिपूर्ण रूपमा मतदान भएको र कुनै अप्रिय घटना नभएको र सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन कार्यालयले जनाएको छ। सबै उमेर समूहका मतदाताहरू उल्लासमय रूपमा मतदान स्थलसम्म पुगेर मतदान गरेका छन् ।
अब निर्वाचन क्षेत्र नं. १ को सूर्योदय नगरपालिका फिक्कलमा र २ नम्बर क्षेत्रको इलाम सदरमुकामको गौतम बद्ध सभागृहमा मतगणना हुने छ ।








प्रतिक्रिया राख्नुहोस्