तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी ४ क्षेत्रकै छुट्टाछुट्टै स्थानमा मतगणना गरिने

सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरीमा अलग–अलग स्थानमा मतगणना गरिने भएको छ ।

सुनसरी ४ क्षेत्रकै छुट्टाछुट्टै स्थानमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार मतगणनाका निम्ति छुट्टै गणनास्थल तोकिएको छ ।

सुनसरी –१ को मतगणना धरानस्थित सभागृहमा सुनसरी २ को मतगणना सदरमुकाम स्थित शिक्षा तालिम केन्द्रमा गरिने कार्यालय सुनसरी ३ को मतगणना दुहबीस्थित पशुसेवा तालिम केन्द्रमा गरिनेछ ।

सुनसरी ४ को गणना इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button