इलामका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न
इलाम । इलाममा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जिल्लाभर रहेका सबै मतदान केन्द्रमा मतदान निर्धारित समयमै शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
मुख्य जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा बिहानदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको हो। कुनै पनि ठूलो अवाञ्छित घटना नभएको र सुरक्षा व्यवस्था प्रभावकारी रहेको उहाँले बताउनुभयो।
अब सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने काम सुरु हुने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभयो। सङ्कलन गरिएका मतपेटिका सुरक्षित रूपमा तोकिएको मतगणना स्थलमा ल्याइने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।







प्रतिक्रिया राख्नुहोस्