तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा ४६ प्रतिशत मतदान

धनकुटा । धनकुटामा हालसम्म ४६ प्रतिशत मत खसेको छ । 

धनकुटामा दिउँसो ४ बजेसम्म ५४ हजार ४ सय १५ मत खसेकोमा पुरुष २७ हजार २ सय ५७ र महिला २७ हजार १ सय ५८ मत खसेको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । 

जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता रहेका छन् । तीमध्ये ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता रहेका छन् । 

एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदानस्थलमा १ सय ६६ मतदान केन्द्रमा मतदान भइरहेको छ । 

धनकुटामा ३ जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button