इलाममा अपाङ्गता भएका २५ वर्षिया आलोकद्वारा व्हिल चियरबाटै मतदान

इलाम । इलाममा अपाङ्गता भएका २५ बर्षिया आलोक खतिवडाले मतदान गर्नु भएको छ ।
खतिवडाले महेन्द्र रत्न बहुमुखी क्याम्पस केन्द्रमा व्हील चियरमा बसेर मतदान गर्नु भएको छ । अपाङ्गता भएका युवा आलोक खतिवडाले व्हील चियरमा बसेर नै मतदान गर्नु भएको छ । उहाँले पहिलो पटक मतदान गर्नु भएको बताउनु भयो । यो मतदान स्थल अपाङ्गमैत्री भएकोले सहज रुपमा मतदान गर्न पाएको बताउनु भयो । विशेष परिस्थितिमा भएको निर्वाचन भएकोले आफूले मताधिकारको प्रयोग गरेको बताउनु भयो । मतदानमा सहभागी हुन पाएकोमा उत्साहित भएको बताउनु भयो ।
इलाममा ३ः३० सम्मको अपडेट अनुसार ५४ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनु भयो ।
इलाममा २ अस्थायी सहित एक सय ५० मतदान स्थल र २ सय ९० मतदान केन्द्र रहेका छन् । इलाममा १ हजार ७ सय ४० कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसपटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् ।
जिल्लामा २ हजार ८३६ अस्थायी मतदाता रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको इलाममा २७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।







प्रतिक्रिया राख्नुहोस्