बैतडीमा दिउँसो ३ बजेसम्म ५६ हजार मत खस्यो

बैतडी । बैतडीमा दिउसो ३ बजेसम्म ५६ हजार पाँच मत खसेको छ ।
जसमा महिला मतदाता तर्फ ३० हजार ११६, पुरुष मतदाता तर्फ २५ हजार ८८८ र अन्य १ जना गरि जिल्लाका दुई सय १५ मतदान केन्द्रबाट ३ बजेसम्म ५६ हजार ५ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।
यो जिल्लाको कूल मतदाताको ३५.८२ प्रतिशत हो ।
जिल्लामा १,५६,३७२ मतदाता रहेका छन् । जिल्लामा शान्तिपूर्ण रूपले मतदान भइरहेको छ । प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी मैदानमा रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्