पाँचथरमा ३२.९० प्रतिशत मत खस्यो
पाँचथर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बिहीबार भइरहेको मतदानमा १ बजेसम्म पाँचथरमा ३२.९० प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार १ बजेसम्म ४७ हजार १सय ८४ मत खसेको हो । जसमा महिला २२ हजार ५ सय २७ र पुरुष २४ हजार ६ सय ५७ ले मतदान गरे । जिल्लाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक मतदान भइरहेको प्रहरी प्रमुख अनिश कर्णले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्