तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा मतदान सुरु, आजै मतपेटिका फिदिम ल्याइने

पाँचथर ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पाँचथरका सबै मतदान स्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। सर्वदलीय बैठक सम्पन्न गरेपछि निर्धारित समयमै मतदान प्रक्रिया सुरु गरिएको हो।

हरेक मतदान स्थलमा महिला, पुरुष, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। मतदाता बिहानैदेखि मतदान केन्द्रतर्फ गइरहेका छन्।

मुख्य निर्वाचन अधिकृत कुमार मास्केका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका आजै नेपाल प्रहरीको सुरक्षा व्यवस्थासहित सदरमुकाम फिदिमस्थित कवर्ड हलमा ल्याइनेछ।

जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकाले सीमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पाँचथरमा प्रतिनिधिसभा सदस्यका लागि १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जिल्लामा १०२ मतदान स्थलमा १७९ मतदान केन्द्र कायम छन्। कुल १ लाख ४३ हजार ४०८ मतदाता रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button