निर्वाचनको प्रत्यक्ष प्रसारणका लागि रेडियो नेपालमा केन्द्र स्थापना

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले प्रतिनिधिसभा सदस्य निर्वाचनको भोलि बिहानदेखि विशेष प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
फागुन २१ गते बिहीबार बिहान ७ः०० बजेदेखि सुरु हुने निर्वाचनको रेडियो नेपालबाट हुने प्रत्यक्ष प्रसारणका लागि सिंहदरबारस्थित स्टुडियोमा प्रत्यक्ष प्रसारण डेस्क स्थापना गरिएको छ ।

निर्वाचनको प्रत्यक्ष प्रसारण रेडियो नेपालको मिडियम वेभ फ्रिक्वेन्सीका साथै एफ एम व्याण्डको ९८, १०० र १०३ मेगाहर्ज, अनलाइन न्युज पोर्टल अनलाइन https://radionepalonline.com (रेडियो नेपाल अनलाइन डट कम)का साथै election.psbnepal.gov.np , रेडियो नेपालको मोबाइल एप्स, फेसबुक र युटयुब च्यानलमा हेर्न र सुन्न सकिन्छ ।








प्रतिक्रिया राख्नुहोस्