तपाईँ सुन्दै हुनुहुन्छः

युएईमा निधन भएको अजय मालीको शव स्वदेश ल्याउने चुनौती

रुपन्देही । प्रतिनिधि सभा निर्वाचनको अन्तिम तयारीका बीच नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का उम्मेदवार हजारीलाल मालीमाथि पारिवारिक विपत्ति आइपरेको छ। उहाँका एकमात्र छोरा २७ वर्षीय अजय माली संयुक्त अरब इमिरेट्स (अबुधावी) मा निधन भएको खबर आएपछि परिवार गहिरो शोकमा डुबेको छ।

अजय १४ महिनाअघि रोजगारीका लागि अबुधावी गएका थिए। मृतकका काका सागर मालीका अनुसार अजय गोल्डेन डुनेस कन्स्ट्राक्टिङ एलएलसी कम्पनीमा काम गर्दै आउनुभएको थियो र परिश्रमी, जिम्मेवार स्वभावको हुनुहुन्थ्यो। केही दिनअघि इरानले अमेरिकी सैन्य क्याम्पमा मिसाइल प्रहार गरेपछि क्षेत्र त्रासग्रस्त भएको थियो। परिवारको अनुमान अनुसार सोही तनाव र मानसिक पीडाका कारण फागुन १७ गते बिहान हृदयाघातबाट उहाँको निधन भएको हो।

अजय अविवाहित थिए र परिवारमा आमाबुबासहित दुई दिदीबहिनी छन्। एक मात्र छोराको असामयिक निधनले परिवारमा गहिरो शोक सिर्जना गरेको छ। शव स्वदेश ल्याउने प्रक्रिया जटिल भएको पारिवारिक स्रोतले बताएका छन्।

पूर्वमन्त्री छविलाल विश्वकर्माले पहल गर्दै युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसँग समन्वय गरिरहेको जानकारी दिइएको छ। कानुनी प्रक्रिया पूरा गरी छिटो शव नेपाल ल्याउने तयारी भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button