तपाईँ सुन्दै हुनुहुन्छः

बसन्तपुरमा होली खेलेर रमाउँदै

काठमाडौँ । राजधानीको वसन्तपुर दरबार क्षेत्रमा सोमबार सर्वसाधारणले रङ्ग खेल्दै होली पर्व उल्लासपूर्वक मनाएका छन्। बिहानदेखि नै युवायुवती, बालबालिका तथा विदेशी पर्यटकहरू वसन्तपुर क्षेत्रमा भेला भई अबिर र रङ्ग छ्याप्दै नाचगान गरेका छन् ।

हनुमानढोका दरबार परिसर आसपासमा विशेष भीड देखिएको थियो । राजधानीको बसन्तपुर दरबार क्षेत्रमा मनाइएको होली पर्वमा विदेशी पर्यटकहरू पनि उत्साहका साथ सहभागी भएका छन्। स्थानीय युवायुवतीसँगै पर्यटकहरूले अबिर र रङ्ग खेल्दै पर्व मनाएका छन् ।

प्रत्येक वर्ष फागु पूर्णिमाका अवसरमा वसन्तपुर क्षेत्रमा ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने गर्दछन्। यस वर्ष पनि उत्साहजनक सहभागितासहित होली मनाइएको छ।

तस्विर: रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button