एपीएफ क्लब जय ट्रफीको पहिलो दिनको पहिलो इनिङ्समा १८५ रन बनाउँदै अलआउट
काठमाडौँ । विभागीय डर्बीमा एपीएफ क्लब जय ट्रफीको पहिलो दिनको पहिलो इनिङ्समा १८५ रन बनाउँदै अलआउट भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर नेपाल पुलिस क्लबले एपीएफलाई ब्याटिङको निम्तो दिएको थियो ।
एपीएफ ६३.४ ओभरमा १८५ रनमा समेटियो । सुरुआत मध्यम रह्यो । आसिफ शेख १२ रनमा आउट भए । दीपक बोहोरा २८ रन बनाएर पभेलियन फर्किए । कप्तान रोहित पौडेलले आक्रामक ब्याटिङ गर्दै ४५ रन जोडे पनि ठूलो इनिङ्स खेल्न सकेनन् । सन्दीप जोरा १० रनमा आउट हुँदा एपीएफ दबाबमा परेको थियो । त्यसपछि सुमित महर्जनले ५५ रन बनाएर इनिङ्स सम्हाल्ने प्रयास गरे । तर, अन्य ब्याटरले लामो साथ दिन सकेनन् ।
भुवन कार्की ४, लोकेश बम ४, अमर राउटेला ८, अभिषेश गौतम शून्य र युवराज खत्री १६ रनमा आउट भए ।
पुलिसका ललित राजवंशी र सागर ढकालले उत्कृष्ट बलिङ गरे । ललितले ४ विकेट लिए भने सागरले ४ विकेट झारे । कुशल भुर्तेलले २ विकेट लिए ।








प्रतिक्रिया राख्नुहोस्