तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा आइपुग्यो मतपत्र

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा आवश्यक मतपत्र आइपुगेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनकुटाका सहायक निर्वाचन अधिकृत इन्द्रकुमार योङहाङका अनुसार प्रत्यक्षतर्फको १ लाख २७ हजार र समानुपातिकतर्फको १ लाख ३२ हजार मतपत्र आज आइपुगेको जानकारी दिनुभयो । जिल्लामा १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । 

निर्वाचन आयोगले मतदाता भन्दा ५ प्रतिशत मतपत्र बढी पठाएको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद अधिकारी जानकारी दिनुभयो । निर्वाचनका लागि धनकुटामा १ हजार २ कर्मचारी खटिने जनाइएको छ । 

जिल्लामा १ सय १९ मतदान स्थलमा १ सय १ सय ६६ मतदान केन्द्र कायम गरिएको छ । सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९ सय ८९ जना निर्वाचन प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिने जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button