तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

गण्डकी। प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुग्नुभएको छ ।

पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहमा सहभागी बन्न आउनुभएका विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँ विशेष सभाको अध्यक्षता गर्नुहुनेछ । सभाले दीक्षान्त समारोहमा उपाधि पाउन योग्य विद्यार्थीको ग्रेस लिस्ट पारित गर्नेछ ।

दीक्षान्त समारोहमा सहभागी बनी आजै  प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय सुरक्षा लगायतका विषयमा छलफल गर्नुहुने  कास्कीका  सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । 

दीक्षान्त समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button