प्रविधि विस्तार र स्थानीय सरकारसँग समन्वय गर्न कार्यकारी अध्यक्ष विष्टको निर्देशन
दाङ। सार्वजनिक सेवा प्रसारण, (रेडियो नेपाल) लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र हेमन्तपुर, दाङको कार्यसम्पादन तथा अवस्थाबारे सार्वजनिक सेवा प्रसारणका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले कार्यालयमा पुगेर सेवा प्रवाह, प्रसारण पहुँच तथा पूर्वाधार विकासको अवस्थाबारे स्थलगत अवलोकन गर्नुभएको छ ।

कार्यक्रममा कार्यालयका कर्मचारीहरूले कार्यकारी अध्यक्ष विष्टलाई फूलमालासहित स्वागत गरेका थिए। स्वागतपछि आयोजित छलफल कार्यक्रममा कर्मचारीहरूले आफ्ना गुनासा तथा सुझाव प्रस्तुत गरेका थिए। करार कर्मचारीहरूको समस्या, सेवा–सुविधा तथा व्यवस्थापनका विषयमा कर्मचारी भुव बहादुर वलीले जानकारी गराउनुभएको थियो।
कार्यालय प्रमुख सुर्यबहादुर विष्टले प्रसारण पहुँचमा कमी, निर्माणाधीन नयाँ भवन तथा स्टुडियो सञ्चालनमा देखिएका चुनौती र आवश्यक स्रोत–साधनका बारेमा विस्तृत जानकारी गराउनुभयो। विशिष्ट अतिथि तथा लुम्बिनी प्रदेशका पुर्व कार्यालय प्रमुख गोकर्ण रेग्मीले कार्यालयको समग्र वस्तुस्थितिबारे धारणा राख्दै सेवा प्रभावकारी बनाउन आवश्यक सहयोगको खाँचो औंल्याउनु भएको थियो ।

अध्यक्ष विष्टले रेडियो नेपालको नयाँ स्रोत र प्रविधिमार्फत श्रोता पहुँच विस्तार गर्न आग्रह गर्नुभयो। उहाँले स्थानीय तहसँग समन्वय गर्दै स्थानीय स्रोत–साधनको परिचालन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। स्थानीय सरकार लक्षित कार्यक्रम सञ्चालन गरी समुदायसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्न पनि उहाँले जोड दिनुभयो।
साथै, करार कर्मचारीहरूको व्यवस्थापनका लागि दरबन्दी सिर्जना गरी दीर्घकालीन समाधान खोजिने बताउँदै सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने र महँगी भत्ता उपलब्ध गराउने विषयमा आफू सकारात्मक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि महेन्द्र विष्ट, विशिष्ट अतिथि गोकर्ण रेग्मी, निराजन खनाल, लगाएतको उपस्थिती रहेको थियो कार्यक्रमका अध्यक्ष सुर्यबहादुर विष्ट रहनुभएको थियो। स्वागत मन्तव्य कासीराम आचार्यले राख्नुभएको कार्यक्रमको सहजीकरण शुसिला डाँगीले गर्नुभएको थियो।









प्रतिक्रिया राख्नुहोस्