तपाईँ सुन्दै हुनुहुन्छः

टी–२० विश्वकप: वेस्ट इण्डिजद्वारा इटाली ४२ रनले पराजित

काठमाडौँ । जारी टी–२० विश्वकपमा वेस्ट इण्डिजले इटालीलाई ४२ रनले पराजित गरेको छ ।

बिहीबार सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको १६६ रनको लक्ष्य पछाएको इटालीले १८ ओभरमा १२३ रन मात्र बनाएर अलआउट भएपछि खेल ४२ रनले हारेको हो ।

यसअघि आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह सीको खेलमा वेस्ट इण्डिजले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । योसँगै वेस्ट इण्डिजले समूह सी मा समूह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको छ ।

त्यसैगरी इटालीले ४ खेलमा एक जित र ३ हार बेहोरेर प्रतियोगिताको अन्त्य गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button