रेडियो नेपालद्वारा कोहलपुरमा समावेशी प्रसारण प्रशिक्षण सुरु
कोहलपुर । सार्वजनिक सेवा प्रसारण नेपाल रेडियो नेपालले लुम्बिनी प्रदेशको कोहलपुरमा समावेशी प्रसार सामाग्री उत्पादन तथा प्रसारण सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
फागुन ७ र ८ गते चल्ने प्रशिक्षण कार्यक्रमको सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले उद्घाटन गर्नुभयो । रेडियो नेपालका सुदूर पश्चिम ,कर्णाली ,लुम्बिनी प्रदेश प्रसारण कार्यालयमा विभिन्न भाषामा कार्यरत जनशक्ति सँगै नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको छ । प्रशिक्षणले समावेशी सामाग्री उत्पादन तथा प्रशारणमा सहभागीहरूलाई थप सृजनात्मक बनाउने अपेक्षा गरिएको छ ।
प्रशिक्षण कार्यक्रममा रेडियो नेपालका उपनिर्देशकहरू सुरेन्द्र यादव र जनार्दन बिष्ट, नेपाल टेलिभिजन कोहलपुरका प्रमुख निराजन खनाल लगायतका वक्ताहरूले समावेशी सामग्री उत्पादन र प्रसारणको महत्व बारेमा धारणा राख्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्