तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा राष्ट्रपति पौडेल सरिक 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा मूल समारोह समितिले  सैनिक मञ्च टुँडिखेलमा बिहीबार (बिहान) आयोजना गरेको विशेष समारोहमा सरिक हुनुभयो ।

राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित सो समारोहमा सरिक हुनुभएको हो । 

सो अवसरमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । सो कार्यक्रममा झाकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।

सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button