तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा आज काठमाडौँ सिफलस्थित भण्डारेश्वर महादेवको दर्शन एवं पूजाआराधना गर्नुभएको छ ।

महाशिवरात्रि २०८२ का अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित आइतबार  पशुपतिनाथको दर्शन गरेपछि सो मन्दिरमा पुगेर दर्शनसहित पूजा आराधना गर्नुभएको हो । 

उहाँलाई  सो मन्दिरका पुजारीले टीका र फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button