तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल खण्डको तिनाउ गाउँपालिका–३ दोभानमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

आज दिउँसो करिब साढे २ बजेको समयमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको  लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिँदा हालसम्म नाम थर नखुलेका एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइतेहरूलाई दोभान प्रहरीले उद्धार गरी उपचारका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिप्पर र टिप्पर चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button