तपाईँ सुन्दै हुनुहुन्छः

देश बदल्ने जनताको सपना अब काँग्रेसले साकार पार्छ : उपसभापति शर्मा

पाल्पा । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब काँग्रेसले साकार पार्ने बताउनुभएको छ । 

आज नेपाली काँग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेस बदलिएर आएकाले अब देश बदल्ने जनताको सपना काँग्रेसले नै साकार पार्ने बताउनुभएको हो । 

“हामी बदलिँदै गर्दा जनताको सपना बदल्छौँ”, उपसभापति शर्माले भन्नुभयो, “जेनजीको  ‘मुभमेन्ट’ पछि साँच्चिकै बदलिएको पार्टी नै नेपाली काँग्रेस हो, हामीले देश बदल्ने तागत राख्छौँ ।” काँग्रेसले यस पटकको निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमध्ये १०६ जना उम्मेदवारहरू नयाँ उठाएको उहाँले बताउनुभयो । यस पटक विगतको भन्दा महिला र दलित समुदायबाट धेरै उम्मेदवारको प्रतिनिधित्व भएको नेता शर्माको दाबी छ । 

सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंह, पूर्वकेन्द्रीय सदस्य हरिप्रसाद नेपाल, नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनाललगायतले आफ्ना धारणा राखेका थिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button