तपाईँ सुन्दै हुनुहुन्छः

सर्जक श्रेष्ठको  ‘किनाराका गीतहरू’ विमोचन 

काठमाडौँ । राजकुमार श्रेष्ठले सिर्जना गर्नुभएको ‘किनाराका गीतहरू’ विमोचन गरिएको छ । 

भक्तपुरको कौशलटारमा आज आयोजित विमोचन समारोहमा साहित्यकार श्रेष्ठले सिर्जना गर्नुभएको कविता सङ्ग्रह ‘किनाराका गीतहरू’ विमोचन गरिएको हो  ।

सामूहिक रूपमा पुस्तक विमोचन गर्दै प्राध्यापक डा. सनद कुमार वस्तीले कविता सङ्ग्रह कोमल, मौलिक र यथार्थ भावसहितको शब्द सिर्जनाको सङ्ग्रह रहेको बताउनुभयो ।

चानुवा काठमाडौँ सद्भाव समूहकी अध्यक्ष जमुना कुवरले सर्जक श्रेष्ठको सिर्जनामा ओझपूर्ण शब्द, मौलिक र यथार्थ भाव झल्किएको बताउनुभयो।र

मौलिक भाषा र शैली प्रयोग गरेर तयार गरिएको कविता सङ्ग्रहमा ५९ वटा कविताहरू सङ्ग्रह गरिएको छ । 

साहित्य पोष्टले प्रकाशनमा ल्याएको कविता सङ्ग्रहको मूल्य ३ सय पचास रुपैयाँ राखिएको छ । 

साहित्यकार श्रेष्ठको यस अघि ‘रोयल चारघरे’ उपन्यास प्रकाशन भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button