तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा ईभी हाइस दुर्घटना, चालकको मृत्यु

बैतडी।बैतडीमा ईभी हाइस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ज ०६२४ नम्बरको ईभी हाइस सिल्लेगडा–बडिया सडकखण्डको घोडेधार नजिक शनिबार राति साढे ९ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार हाइसमा चालक मात्रै सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका दोगडाकेदार–५ का मदन ठगुन्नाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनाग्रस्त हाइस सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button