विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–८ बस्ने ४३ वर्षीया उपासना भण्डारी तथा कैलालीको टीकापुर नगरपालिका–१ घर भई हाल ललितपुर महानगरपालिका–११ बस्ने २३ वर्षीय युवराज कुँवर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।
पक्राउ परेकामध्ये भण्डारीले क्रोएशिया पठाउने भन्दै रु १२ लाख तथा कुँवरले ग्रीस पठाउने भन्दै रु १९ लाख रकम लिई फरार रहेको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्