बैतडीमा जन्ती बोकेको बस दुर्घटना: पुर्चौडी नगरपालिकाद्वारा शोक बिदा
बैतडी।बैतडीको पुर्चौडी नगरपालिकाले जन्ती बोकेको बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि आज शोक बिदा दिएको छ। दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले शुक्रबार शोक बिदा दिने निर्णय गरेको हो।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार नगरपालिकाभित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा शोक बिदा दिइएको छ।
जिल्लाको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढगाउँ मोडमा बिहीबार राति करिब ८ बजे पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।








प्रतिक्रिया राख्नुहोस्