कञ्चनपुरमा माघ २७ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन हुने

कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य कार्यालयले कञ्चनपुर जिल्लाका पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ ।

यसैबीच बिहीबार लालझाडी गाउँपालिकाको जनस्वास्थ्य शाखाले पालिका स्तरीय खोप समन्वय समिति, खोप केन्द्र लक्षित विद्यालयका प्रतिनिधि लगायत सरोकारवालाहरूसँग अन्तरक्रियात्मक योजना तर्जुमा गोष्ठी गरेको छ । जनस्वास्थ्य शाखा लालझाडीका संयोजक खगेन्द्र चौधरीका अनुसार यस वर्षको अभियानमा कक्षा ६ मा पढ्दै आएका छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई खोप लगाउने तयारी गरिएको छ ।

गत वर्षको अभियानमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीलाई पनि खोप लगाइने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्