तपाईँ सुन्दै हुनुहुन्छः

१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप आइतबारदेखि सुरु

काठमाडौँ । नेपाल र्यााफ्टिङ एण्ड क्यानोइङ संघ (एनआरससीए) को आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा चितवनको फिस्लिङस्थित त्रिशूली नदीमा ‘९औँ राष्ट्रिय र्याफ्टिङ’ तथा ‘१४औँ राष्ट्रिय क्यानोइङ स्लालोम च्याम्पियनसिप’ आइतबारदेखि सुरु भएको छ ।

मंगलबारसम्म चल्ने च्याम्पियनसिपमा देशभरका विभिन्न नदी क्षेत्र र क्लबहरूबाट कुल ५१ जना खेलाडीहरू सहभागी छन् । त्रिशूलीको छालमा खेलाडीले र्याफ्टिङ र क्यानोइङका विभिन्न विधाहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।

च्याम्पियनसिपलाई केवल राष्ट्रिय प्रतिस्पर्धाको रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको छनोटको रूपमा समेत लिइएको छ । च्याम्पियनसिपको क्यानोइङ स्लोलामतर्फ उत्कृष्ट ५ भित्र पर्न सफल खेलाडीलाई आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि पहिलो चरणको छनोटमा समावेश गरिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button