राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीबाट घिमिरे, झाँक्री र केसी विजयी
दाङ । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा तीन वटै सदस्य कांग्रेस–एमाले–जसपा गठबन्धनले जितेको छ । आइतबार साँझ मतगणना सकिएकोमा महिला तर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाँक्री, अपाङ्गतर्फ कांग्रेसका वासुदेव घिमिरे ‘जङ्गली’ र अन्यमा काँग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाउनुभयो । त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याउनुभयो ।
अपाङ्गतातर्फ जङ्गली ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी हुनुभयो । नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याउनुभयो । अन्य क्लस्टरमा काँग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित हुनुभयो ।
माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याउनुभयो । राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत ल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्