तपाईँ सुन्दै हुनुहुन्छः

२६ औँ आदर्श कप: होराइजन क्लब अघिल्लो चरणमा

पोखरा । कास्कीको लेखनाथमा शुक्रबारदेखि सुरु भएको २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलबाट स्याङ्जाको होराइजन क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ ।

होराइजन क्लबले आयोजक आदर्श युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । होराइजनका जर्सी नं. १७ का खेलाडी विश्व थापाले खेलको ८१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

आदर्श युवा क्लबको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत आइतबार पर्वतको गन्नी एफ.सी. र तनहुँ जिल्ला फुटबल सङ्घबिच खेल हुने आयोजकले जनाएको छ ।

शनिवारको खेलमा निर्णायक गोलकर्ता विश्व थापा म्यान अफ द म्याच घोषित हुँदै नगद पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button