तपाईँ सुन्दै हुनुहुन्छः

बिग्रिएको सडक निर्माणकाे माग गर्दै सिटी रिक्सा व्यवसायीले गरे सडक अवरुद्ध

सप्तरी । बिग्रिएको सडक निर्माण गर्न माग गर्दै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ स्थित खाडो पुलमा सडक अवरुद्ध गरिएको छ ।

सडक खनेर अलपत्र छोड्दा दैनिक दुर्घटनाको सिकार हुनुपरेको भन्दै स्थानीय सिटी रिक्सा व्यवसायीहरूले आज आधा घण्टा सडक अवरुद्ध गरेका हुन । खाडो पुलमा सिटी रिक्सा तेर्साएर उनीहरूले बिहान १०ः४० बजेदेखि ११ः १० बजेसम्म सडक अवरोध गरेका थिए । बन्दका कारण लामो तथा छोटो दुरीको सयौँको सङ्ख्यामा सवारी साधन सडकमा रोकिएका थिए।

छ वर्षदेखि सडक खनेर अलपत्र छोड्दा खाल्डाखुल्डी भई दैनिक दुर्घटना हुने गरेपछि सडक मर्मत तथा निर्माणका लागि पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएपछि बाध्य भएर सडक सङ्घर्षमा उत्रिन परेको सिटी व्यवसायी विनोद मेहताले बताउनुभयो। उहाँले पहिलो चरणमा साङ्केतिक रूपमा आन्दोलन गरिएको र अझै सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने बताउनुभयो।  

स्थानीय प्रशासनले माग सम्बोधन गराउने आश्वासन दिएपछि अवरुद्ध सडक आधा घण्टापछि खोलिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button