नेपाल साफ पुरुष फुटसल च्याम्पियनसिपको अंक तालिकाको शीर्ष स्थानमा उक्लिन असफल
काठमाडौँ । ३ गोलको अग्रता जोगाउन नसक्दा नेपाल साफ पुरुष फुटसल च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिन असफल भएको छ ।
थाइल्यान्डको बैंककस्थित नन्थाबुरी स्टेडियममा मङ्गलवार सम्पन्न खेलमा नेपाल र पाकिस्तानले ४–४ को बराबरी खेलेको हो । प्रतियोगितामा नेपालले यो दोस्रो बराबरी हो । नेपालले भारतसँग ३–३ को बराबरी खेलेको थियो । श्रीलङ्कालाई भने २–१ ले हराएको थियो । योसँगै नेपालले ३ खेलबाट पाँच अंक पुर्याएको छ । नेपाल तेस्रो स्थानमा यथावत् छ । समान खेलबाट ७ अंक पुर्याएको पाकिस्तान भने माल्दिभ्सलाई उछिन्दै शीर्ष स्थानमा पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्