तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगको निर्णय विरुद्ध देउवा समूह सर्वोच्च अदालतमा

काठमाडौँ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसलाई वैधानिकता दिएको निर्वाचन आयोगको निर्णय विरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत पुगेको छ ।

बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सर्वोच्च अदालत पुगेको समूह अहिले रिट निवेदन दर्ताको प्रक्रियामा रहेको काँग्रेसका नेता बिमलेन्द्र निधिले जानकारी दिनुभयो । 

पुष २७ देखि ३० गतेसम्म कामठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा पक्ष कानुनी उपचारमा लागेको हो ।

यसअघि शनिबार बसेको देउवा समूहको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध आधिकारिकता दाबी गर्दै सवोच्च अदालत जाने निर्णय गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button