‘जनताको हितमा काम गर्छौ’
धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जनताको हितमा काम गर्ने बताउनुभएको छ ।

शनिबार धनकुटाको पाख्रीबास स्थित सान्नेमा नेपाल मगर संघ तथा पञ्चबुद्ध (बाङालोन) विहारले आयोजना माध्या सकराटी पर्व तथा ५०१९ औँ मिना ल्हेसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले आफू मन्त्री भएपछि आश्वासन भन्दा पनि जनताको हितलाई प्राथमिकता दिएको बताउनुभयो ।
मन्त्री पराजुलीले कुनै पनि जात–जातिको कला संस्कृति संरक्षण जोगाई राख्नुपर्ने बताउनुभयो । मगरको आफ्नै कला, संस्कृति र भेषभूषा रहेकाले सदैव सम्मान रहने उहाँको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्