लागू औषध न्यूनीकरणका लागि विद्यार्थीलाई सचेतना
रौतहट । लागू औषध तथा मादक पदार्थको दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले रौतहटको देवाही गोनाही नगरपालिकामा विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । मङ्गलवार देवाही गोनाही नगरपालिका–७ स्थित श्री माध्यमिक विद्यालय प्रेमपुर गोनाहीमा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरू तथा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएका प्रहरी कर्मचारी गरी करिब ७० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईले प्रशिक्षण प्रदान गर्दै लागू औषध तथा मादक पदार्थ सेवनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे जानकारी गराउनुभयो । उहाँले विशेषगरी किशोर–किशोरी उमेर समूहलाई लागू औषधबाट टाढा रहन, सही निर्णय गर्न र अनुशासित जीवनशैली अपनाउन प्रेरित गर्नुभयो ।
प्रशिक्षणका क्रममा दुर्व्यसनबाट जोगिन अपनाउनुपर्ने उपाय, लागू औषधसम्बन्धी कानुनी प्रावधान तथा सामाजिक उत्तरदायित्वबारे समेत जानकारी गराइएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्