तपाईँ सुन्दै हुनुहुन्छः

“फागुन २१ को निर्वाचनमा सबै पक्षको सहभागिता अनिवार्य”

झापा। विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।  

विर्तामोडमा आज पत्रकार सम्मेलन गरेर उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिनुभएको हो । 

ताजा जनादेशको  विकल्प नभएको धारणा व्यक्त गर्दै उहाँले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताउनुभयो । तीन वर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button