तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस विशेष महाधिवेशन: निर्वाचन समिति गठन

काठमाडौँ। नेपाली काँग्रेसको यहाँ जारी दोस्रो विशेष महाधिवेशनको  दोस्रो दिनको बन्द सत्रले वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । 

निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहनुभएको काँग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिनुभयो ।

महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनप्रति पार्टी संस्थापन पक्षले विमति जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button