तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस विशेष महाधिवेशन: बन्दसत्र सुरु

काठमाडौँ । नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य ८८ वर्षीय श्यामकुमार खड्काले गर्नुभएको विशेष महाधिवेशन जिल्ला क्षेत्र, फोकल पर्सन समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिनुभयो ।

बन्द सत्रमा नीतिगत एवं सङ्गठनात्मक प्रतिवेदन पेस हुनेछ भने विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि छलफल हुने बताइएको छ ।

हिजोदेखि जारी महाधिवेशनमा २ हजार ७ सय भन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएको विशेष महाधिवेशन जिल्ला क्षेत्र, फोकल पर्सन समन्वय समितिका संयोजक पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button