तपाईँ सुन्दै हुनुहुन्छः

कोहलपुर नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

बाँके । कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्षको हिउँदे अधिवेशन औपचारिक रूपमा अन्त्य गरेको छ । 

शुक्रबार सम्पन्न उन्नाइसौँ नगर सभासँगै नगर प्रमुख पूर्णप्रसाद आचार्यले हिउँदे अधिवेशन समाप्त भएको घोषणा गर्नुभएको हो । नगर सभाले नीति, कानुन, बजेट र विकास निर्माणसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गर्दै अधिवेशन समापन गरेको छ ।

उन्नाइसौँ नगरसभामा नगरपालिकाको आर्थिक अनुशासन, वित्तीय पारदर्शिता र जिम्मेवारी सुनिश्चित गर्ने उद्देश्यसहित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२ सर्वसम्मत रूपमा पारित गरिएको छ । यो ऐन कार्यान्वयनसँगै नगरपालिकाको आम्दानी–खर्च व्यवस्थापन थप व्यवस्थित र पारदर्शी हुने अपेक्षा गरिएको छ । स्थानीय तहको वित्तीय सुशासन मजबुत बनाउन यो ऐनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button