तपाईँ सुन्दै हुनुहुन्छः

“एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि, निर्वाचन रणनीतिमा केन्द्रित”

काठमाडौँ। नेपाल कम्यनिष्ट पार्टी एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्दै छ ।  

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीका अनुसार भोलि बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बैठक बस्ने भएको हो ।

उहाँका अनुसार बैठकमा आगामी प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको रणनीति, समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । गत पुस ४ गते सम्पन्न पहिलो केन्द्रीय कमिटी बैठकले नै यही पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो

एमालेका सचिव डा राजन भट्टराईले यस पटकको केन्द्रीय कमिटी बैठक प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित हुने भएकाले केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन तथा समग्र कार्य विभाजन भोलिकै बैठकले नगर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button